वीरगन्जमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।
१४ दिनअघि नै संक्रमण पुष्टि भएकी पर्साको वीरगञ्ज महानगरपालिका १२ की ५६ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको वीरगन्ज हेल्थ केयर अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले जानकारी दिइन्।
‘उहाँमा थाइराइडको समस्या समेत थियो,’ अधिकारीले आइतबार बिहान नेपालखबरसँग भनिन्, २२ साउनमा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमणको रिपोर्ट आएको थियो।’
ज्वरो, खोकी, श्वासप्रश्वासको समस्यासमेत भएपछि आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई विगत १२ घण्टादेखि भने भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको अधिकारीले जानकारी दिइन्।
योसँगै वीरगञ्जमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ।
याे पनि https://nepalkhabar.com/society/35523-2020-08-23-01-43-54
Shares
प्रतिक्रिया