ad ad

समाज


पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र बन्द

पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र बन्द

नेपालखबर
भदौ ७, २०७७ आइतबार ३:४४,

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली शनिबारदेखि बन्द गरिएको छ। कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले यसको सङ्क्रमण फैलन नदिन कार्यालय बन्द गरिएको जानकारी दिए।

कोरोनाको सङ्क्रमण फैलन नदिन अबको १४ दिनसम्म कार्यालय बन्द (सिल) गरिएको निमित्त प्रजिअ सिटौलाले बताए। सेवाग्राहीले बन्दको समयमा पनि सेवा लिनुपर्ने भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डा.ललिता पाण्डेसँग सम्पर्क गर्न उनले आग्रह गरे।

सिन्धुलीका स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेका छन्। स्थानीय प्रशासनले जिल्लाबासी नागरिकलाई कोरोना संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्लामा सङ्क्रमण जोखिम उच्च रहेको भन्दै नआत्तिन तर सतर्कता र सावधानी अपनाउन सिटौलाले आग्रह गरे। सिन्धुलीमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .