समाज


स्कटल्यान्डले महिला स्वास्थ्य र सरसफाइमा प्रयोग हुने सम्पूर्ण सामग्री नि:शुल्क दिने

स्कटल्यान्डले महिला स्वास्थ्य र सरसफाइमा प्रयोग हुने सम्पूर्ण सामग्री नि:शुल्क दिने

नेपालखबर
भदौ ६, २०७७ शनिबार ११:१७,

प्लान इन्टरनेसनल युनाइटेड किंगडमको एक अध्ययनमा स्कटल्यान्डका १५ प्रतिशत महिलाले अझैपनि स्यानिटेरी प्रोडक्ट आर्थिक समस्याका कारण किन्न नसक्ने जनाइएको थियो।

यसकारण १४ देखि २१ वर्षका युवतीहरुले महिनावारी हुँदा अझैपनि लज्जाबोध गर्नुपर्ने अवस्था रहेको अध्ययनमा उल्लेख गरिएको थियो।

आर्थिक अवस्थाकै कारण महिला स्वास्थ्य र सरसफाइमा समस्या देखिएपछि स्कटल्यान्ड सरकारले महिला स्वास्थ्य र सरसफाइमा प्रयोग हुने सबै सामग्री नि:शुल्क प्रदान गर्ने विधेयक ल्याएको छ।

यो विधेयक पहिलो भोटमा पास भइसकेको छ र कानुन बन्ने चरणमा छ। कानुन निर्माता मोनिका लेननका अनुसार महिनावारी हुँदा चाहिने सामग्री कुनै बिलासिताको सामग्री होइन।

उनका अनुसार यस्ता सामग्री सबै बर्गका महिलाको हक हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .