सरकारी औषधि निर्माता कम्पनी चाइना नेसनल फर्मासिउटिकल ग्रुप ‘सिनोफार्म’ले यतिबेला दुईवटा कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ।
हाल यी खोपहरु परीक्षणकालमा छन्। यी खोपहरु अन्य देशमा बनेका खोपभन्दा केही महँगो हुने सिनोफार्मले जनाएको छ।
ग्वाङमिङ डेलीलाई उदृतगर्दै साउथ चाइना मर्निङ पोस्टले दिएको जानकारीअनुसार डिसेम्बरमा उपलब्ध हुने चीनको खोपको मूल्य एक हजार युआन ‘१४५ अमेरिकी डलर–१७ हजार ४ सय रुपैयाँ’ हुनेछ।
हाल अमेरिकी कम्पनीहरुले पनि कोरोनाविरुद्धका खोपहरु बनाइरहेका छन्। तर अमेरिकी कम्पनीले चीनमा बनेको खोपको मूल्यभन्दा कम मूल्यमा खोप उपलब्ध गराउने जनाएका छन्।
अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले एक डोजको दश डलर लिने जनाएको छ। यस्तै अमेरिकी कम्पनी पिफिजरले २० डलरमा एक खोप दिने बताएको छ। अर्को अमेरिकी कम्पनी मोडेर्नाले ३२ देखि ३७ डलरसम्मका एक डोज उपलब्ध गराउने बताएको छ।
यी कम्पनीहरुले अमेरिकी सरकारसँग लाखौं डोज उपलब्ध गराउने सहमति जनाइसकेका छन्। एससीएमपी

प्रतिक्रिया