ad ad

समाज


मेयर र मेसुसहित पर्साका थप ३३ जनामा कोरोना पुष्टि

मेयर र मेसुसहित पर्साका थप ३३ जनामा कोरोना पुष्टि

नेपालखबर
भदौ १, २०७७ सोमबार ३:५१,

पर्साको पोखरिया नगरपालिकाका मेयर र अस्पतालका प्रमुखसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित थप ३३ जनामा आइतबार राति कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

नगरपालिकाले २६ साउनमा नगर क्षेत्रका ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो।

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि पर्सा जिल्ला विगत एक साता अघिदेखि लकडाउनमा छ। त्यसैगरी बारामा आज बिहानदेखि अनिश्चितकालसम्म ‘लकडाउन’ गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .