ad ad

समाज


अस्पतालमा भेन्टिलेटर चलाउने स्वास्थ्यकर्मी नहुँदा सर्पदंशकी बिरामीको मृत्यु

अस्पतालमा भेन्टिलेटर चलाउने स्वास्थ्यकर्मी नहुँदा सर्पदंशकी बिरामीको मृत्यु

नेपालखबर
भदौ १, २०७७ सोमबार ०:४५,

सर्लाहीको हरिवन नगरपालिका ८ मा विषालु सर्पको टोकाइबाट सिँचाइ कार्यालयकी एक कर्मचारीको मृत्यु भएको छ।

सर्लाहीको बागमती सिँचाइ आयोजनामा कार्यरत ४८ वर्षीया सुशिला सुवेदीको विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो।

आइतबार साँझ साढे सातबजे आफ्नै घरको भान्सा कोठामा गोबन सर्पले टोक्दा सुवेदीको मृत्यु भएको स्थानीय रामचन्द्र गौतमले जानकारी दिए।

सर्पले टोकेपछि उनलाई तत्कालै उपचारका लागि पाँच किमी टाढा नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। तर, उपचार केन्द्रमा दक्ष स्वास्थ्यकर्मीको अभाव हुँदा उनको मृत्यु भएको गौतमले बताए।

‘हामीले उहाँलाई तत्कालै अस्पताल पुर्याएका थियौँ,’ गौतमले भने, ‘तर अस्पतालमा भेन्टिलेटर चलाउने स्वास्थ्यकर्मी नहुँदा उहाँलाई बचाउन सकिएन।’ सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्था भएपनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सुवेदीको मृत्यु भएको हो।

घरमा एक्लै बस्ने गरेकी उनले आफूलाई सर्पले टोकेको भन्दै चिच्याएपछि स्थानीयले उद्धार गरेर नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए। ब्रेन ट्यूमरकी बिरामी समेत रहेकी उनलाई एउटै खुट्टामा तीन ठाउँमा सर्पले टोकेको स्थानीयले बताएका छन्।

सर्लाहीमा उपचार अभावमा वर्षेनी सर्पदंशबाट धेरैले ज्यान गुमाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .