ad ad

समाज


भारतमा कोरोनाबाट झन्डै ५० हजारको मृत्यु, दैनिक ६० हजार संक्रमित बन्दै

भारतमा कोरोनाबाट झन्डै ५० हजारको मृत्यु, दैनिक ६० हजार संक्रमित बन्दै

नेपालखबर
साउन ३२, २०७७ आइतबार ११:९,

सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ४९ हजार ९८० पुगेको छ।

पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९४४ जनाको मृत्यु भएको जनाएको छ।

भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको सङ्ख्यामा भारतमा सङ्क्रमितहरु थपिदै आएका छन्।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ४८९ जना सङ्क्रमित भएका हुन्।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २५ लाख ८९ हजार ६८२ रहेको छ। ती मध्ये छ लाख ७७ हजार ४४४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १८ लाख ६२ हजार २५८ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

कुल सङ्क्रमित मध्ये दुई प्रतिशतभन्दा कमको मात्रै कोरोनाका कारण मृत्यु भएको पाइएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .