समाज


रुस भन्छ : पहिलो खेपका लागि कोरोना खोप तयार पारिसक्यौं, अब छिट्टै बजारमा आउँछ

रुस भन्छ : पहिलो खेपका लागि कोरोना खोप तयार पारिसक्यौं, अब छिट्टै बजारमा आउँछ

नेपालखबर
साउन ३२, २०७७ आइतबार २:४२,

विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ।

यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो।

यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ।

तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ। तेस्रो चरणको परीक्षणमा हजारौं मानिसले खोप लगाउनेछन्। खोप उत्पादनको अनुमतिका लागि यो चरण महत्वपूर्ण मानिन्छ।

रुसले खोपको नाम स्पुतनिक राखेको छ। यो विश्वमा सबैभन्दा पहिले ऊ आफैंले बनाएको उपग्रहको नाम हो। त्यसैको सम्मान खोपको नाम पनि त्यही राखेको हो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएका कोरोनाविरुद्धको खोप सबै दृष्टिले सुरक्षित र प्रभावकारी प्रमाणित भएको, आफ्नो छोरीले समेत लगाउँदा राम्रो परिणाम देखिएको दाबी गरेका छन्।

न्युज एजेन्सी इन्टरफेक्सका अनुसार खोप विकास गर्ने कम्पनी मस्कोस्थित ग्यामलाई इन्स्टिच्युटले डिसेम्बर–जनवरीसम्ममा मासिक ५० लाख डोज उत्पादन थालिने जनाएको छ।

कतिपय देशका वैज्ञानिकले भने सबैभन्दा पहिले खोप निकाल्ने चक्करमा रुसले यसका कतिपय मापदण्ड पूरा नगरेको भन्दै शंका व्यक्त गरिरहेका छन्। तर रुसले त्यसलाई ‘पूरै आधारहीन’ भनेर खण्डन गरिसकेको छ।

पछिल्लो समय अमोरिकाले समेत रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad