ad ad

समाज


प्रदेश २ मा शनिबार थपिए १९४ कोरोना संक्रमित

प्रदेश २ मा शनिबार थपिए १९४ कोरोना संक्रमित

नेपालखबर
साउन ३१, २०७७ शनिबार ११:४५,

प्रदेश २ मा शनिबार १९४ जना कोरोना संक्रमित थपिएका छन्।

धनुषामा ३२ जना, सर्लाहीमा ५४ जना, पर्सामा ४८ जना, सप्तरीमा २७ जना, महोत्तरीमा १४ जना, सिरहामा ११ जना, रौतहटमा ५ र बारामा ३ जना संक्रमित थपिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमित फेला पर्ने मध्ये ३७ जना महिला छन्। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ८२१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले जानकारी दिए। योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपश्चात ११ महिलासहित ६४ जना संक्रमित निको भएर विभिन्न आइसोलेसन र अस्पतालबाट डिस्चार्ज भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .