आज (शनिबार) देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले बिहान पनि प्रदेश नम्बर २ र सुदूरपश्चिमबाहेक बाँकी सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ।
‘काठमाडौं उपत्यकामा पनि केही बेरअघिसम्म सिमसिम पानी परेको थियो तर अहिले रोकिएको छ,’ उनले शनिबार बिहान नेपालखबरसँग भने, ‘अब केही घण्टा घाम लाग्ने र मध्याह्नपछि पुनः मौसम बदली भई वर्षा हुने सम्भावना छ।’
मौसमविद् श्रेष्ठका अनुसार आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने गण्डकी, ५ नम्बर, बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ।
माैसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–
‘देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
महाशाखाले शनिबार बिहान जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ-
साउन ३१ गते (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
साउन ३२ गते (आइतबार)
दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
भदाै १ गते (सोमबार)
दिाउँसो : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया