छापा खबर


यस वर्षका तीजका गीतमा कोरोनाकाे सन्देश

यस वर्षका तीजका गीतमा कोरोनाकाे सन्देश

नेपालखबर
साउन ३१, २०७७ शनिबार १:५७,

रातो सारी पहिरिएर सुख-दुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ।

यो वर्ष भने कोरोना भाइरस (कोभिड-१९) ले तीज र तीजका गीतमा प्रभाव पारिरहेको छ।

हिन्दुको पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। गाउँदेखि सहरसम्म तीजका नयाँ–पुराना भाका घन्कँदै गीतले बजार छोपिसकेको छ।

कोरोना भाइरस को महामारीको बीचमा समेत सर्जकले चेतनामूलक र सन्देशमूलक तीजका नयाँ–नयाँ गीत सार्वजनिक गरिरहेका खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

गीतमध्ये कतिपय विवादित भए भने कतिले श्रोता, दर्शकको माया पनि पाएको देखिन्छ। गायक दुर्गेश थापाको तीज गीत बेसार, बीचबीचमा-३ ले श्रोताको मन जित्न सफल भएको छ।

गायिका प्रीति आलेले गाएको ‘लरिलै बरिलै’ बोलको तीज गीत युट्युब मार्फत सार्वजनिक गरेको एक महिनामा ३७ लाखभन्दा बढीले हेरिसकेका छन् । टिकटक तथा सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ ।
गायिका सोफिया थापाले गाएको ‘अबको तीज नो व्रत प्लिज’ गीतले चर्चा, विरोध र अवरोध पाएको छ।

वरिष्ठ गायिका मीरा राणाले हिजो माइती घर, धार्मिक स्थल तथा पधेँरो, चौतारोमा सीमित तीज पर्व अहिले सहर बजारको रमझम भइसकेको बताइन्।

परम्परागत वाद्यवादन र लोकलयमा गाइने तीज गीत आधुनिक बाजागाजा र अनेक मेलोडीमा बन्न थालेका छन्।

यो वर्ष तीज भदौ ५ गते पर्छ तर तीजका गीत भने डेढ महिनाअघि नै बजारमा आउन थालिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad