समाज


बुटवलमा अब आधा घण्टामै कोरोना परीक्षणको रिपोर्ट

बुटवलमा अब आधा घण्टामै कोरोना परीक्षणको रिपोर्ट

नेपालखबर
साउन ३१, २०७७ शनिबार १:२९,

रुपन्देहीको बुटवलमा द्रुत गतिमा कोरोना जाँच सेवा सुरु भएको छ।

शुक्रबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोभिड-१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण मेसिन जडान गरिएको हो।

एचआइभी संक्रमित, क्षयरोगी र अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई लक्षित गरी जिन एक्सपर्ट मेसिन जडान गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालका अनुसार नयाँ जडान गरिएको मेसिनले कोरोना संक्रमण भए ४५ मिनेट र नभए ३० मिनेटमै नतिजा दिनेछ।

द्रुत परीक्षण सेवाको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनबाट आफनै स्वाब परीक्षण गरी सेवा सुरू भएको घोषणा गरेका छन्। नेपाल सरकारको राष्ट्रिय क्षयरोग कार्यक्रमले जिन एक्सपर्ट मेसिन उपलब्ध गराएको हो। मेसिनबाट एक्सप्रेस सार्स कोभ–टु परीक्षण सेवा सुरू गरिएको प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा धेरै सेवाहरु बृद्धि गरिएको जानकारी दिए। अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिइने बताए।

द्रुत परीक्षण मेसिनबाट एक घण्टामा चार जनासम्मको परिक्षण गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालको भनाई छ।

अस्पताल प्रशासनले चार जना प्राविधिकलाई द्रुत परीक्षणमा खटाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad