गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका पहिरो पीडितलाई राहत वितरण गरेका छन्।
शुक्रबार बिहान घर माथिबाट आएको पहिरोमा परी सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा ३८ जना बेपत्ता हुनुका साथै ३७ घरमा क्षति पुगेको थियो। पहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म ११ जनाको शव निकालिसकिएको छ भने २७ जना अझै बेपत्ता रहेका छन्।

शुक्रबार दिउँसो गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी पुगेर पहिरोपडीतिलाई रात बितरण गरेका हुन्। मन्त्री थापा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री लिएर त्यहाँ पुगेका हुन्।
मन्त्रालयले निलो चाईनिज पाल ४० थान, भाडावर्तन ४० सेट, मिनी बल्यांकेट ४० वटा, पहेँलो त्रिपाल ५० वटा, म्याट्रेस ४० थान, पलाष्टिक बाल्टिन ४० वटा, पलाष्टिक जग ४० वटा, पलाष्टिक पञ्जा ६० जोर, पलाष्टिक ग्यालिन १० वटा रहेका छन्।

गृह मन्त्रालयले दुई हेलिकोप्टरमा पहिरो पीडितहरुका लागि सामग्री लगेको जनाएको छ।



प्रतिक्रिया