समाज


नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिए, १०९ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिए, १०९ निको भए

नेपालखबर
साउन २९, २०७७ बिहिबार १०:४२,

नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरमा गरेर थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ।

 आज ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हार ८३७ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad