ad ad

समाज


घुस लिने प्रहरी निलम्वनमा, नलिने पुरस्कृत

घुस लिने प्रहरी निलम्वनमा, नलिने पुरस्कृत

नेपालखबर
साउन २९, २०७७ बिहिबार ६:१७,

 बागमती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार ६ प्रहरी कर्मचारीलाई निलम्वन गर्‍यो।

कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविनपछि निलम्वन गरेको हो।

जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह नगरी आर्थिक प्रलोभनमा पर्दै सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई कार्यालयले अनुसन्धानपछि सिन्धुलीका पाँच र काभ्रेपलाञ्चोकको एक प्रहरी कर्मचारीलाई निलम्वन गरेको ग¥यो।

काभ्रेपलाञ्चोकको मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापा तथा सिन्धुलीको जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भिमान र खूर्कोट, प्रहरी चौकी ढुङ्ग्रेबास र अस्थायी प्रहरी पोस्ट भिमानमा कार्यरत प्रहरी हवल्दारद्वय राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की, प्रहरी जवानहरु कुमारबाबु सिंह, धिरेन्द्र शाह, रामकुमार थापालाई निलम्वन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

उनका अनुसार कार्यालयले मकवानपुर तथा चितवनमा कार्यरत चार प्रहरी कर्मचारीलाई सवारी चालकसँग विभिन्न वहानमा रकम लिएपछि भेटेपछि यही साउन १४ गते निलम्वन गरेको थियो। चितवनको रामनगरस्थित इप्रकामा कार्यरत प्रहरी हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, मकवानपुरको मनहरीस्थित इप्रकामा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला प्रहरी कर्यालयमा कार्यरत प्रहरी जवान लक्ष्मणकुमार महतोलाई निलम्वन गरिएको कार्यालयले जनाएको छ। ‘घुस लिई कारबाहीमा पर्नेमा प्रहरी निरीक्षकसमेत रहेका छन्’ प्रहरी निरीक्षक थापाले भने।

कोरोना भाइरस् संक्रमणको उच्च जोखिम (विपद्)का बेला विभिन्न आर्थिक प्रलोभनमा परी घुस लिने गरेको सूचना पाएपछि पछिल्लो समय बागमती प्रदेश कार्यालयले मातहतमा खटेका प्रहरी कर्मचारीको विशेष अभियानका रुपमा निगरानी गरिरहेको जनाएको छ। निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो। पलिल्लो समय दुई दर्जन प्रहरी कर्मचारी कारबाहीमा परेको कार्यालयले जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले विशेष गरी एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने सवारी दुर्घटना गराई कानुनी कारबाहीबाट उम्कने र नदीजन्य सामग्री अवैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि ड्यूटीमा रहेका प्रहरीलाई पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म रकम दिएर प्रलोभनमा पार्न खोजिएपछि उनीहरुलाई रकमसहित पक्राउ गरिएको बताए। उनले भने ‘हाम्रो विशेष अभियान चलिरहेको छ, आर्थिक प्रलोभनमा परी सवारीमार्फत मानिस ओहोरदोहोर गराउँदा कोरोना भाइरसको जोखिम बढ्नसक्छ।’ उनले घुस लिने प्रहरी कर्मचारीलाई निलम्बन गरेको र आर्थिक प्रलोभन देखाउने सवारी चालकलगायतलाई कारबाही सिफारिस गर्ने प्रहरीलाई पुरस्कृतसमेत गरेको जानकारी दिए।

यसैबीच बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले साउन महिनामा ड्यूटीमा बसेका प्रहरीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिने खोज्नेलाई घुसवापतको रकमसहित पक्राउ गरी कारबाहीको दायरामा ल्याउने २५ प्रहरीलाई पुरस्कृत गर्ने गरेको छ। सिन्धुलीको भिमानस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार ओमनारायण महतोलाई सवारी चालकले बिलबुकभित्र रु ३०० राखी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि रकम र चालकलाई नियन्त्रणमा लिई कार्वाहीको सिफारिस गरेपछि उनलाई यही साउन २७ गते पुरस्कृत गरिएको हो। यसको दुई दिनअघि सोही प्रकृतिको आर्थिक प्रलोभन देखाउँदा चालकलाई कारबाही सिफारिस गर्ने दुई प्रहरी कर्मचारीलाई कार्यालयले पुरस्कृत ग¥यो। उसले यसअघि २२ जनालाई विभिन्न मितिमा त्यस्ता प्रहरीलाई पुरस्कृत गरेको जनाएको छ।

कार्यालयले प्रहरी कर्मचारीबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाको नेतृत्वमा विशेष कार्ययोजना बनाई माहतहतका कार्यालयमा सोहीअनुसारको कार्यसम्पादन हुन थालेपछि प्रहरी कर्मचारीबाट भइरहेको कार्यसम्पादनमा इमान्दारिता र पारदर्शिता देखिँदै गएको जनाएको छ। साथै, कार्यालयले प्रहरी कार्यसम्पादनमा चुस्त–दुरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापरबाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन सर्वसाधारणमासमेत अपिल गरेको छ।

विभिन्न पक्राउ परेका व्यक्तिहरुलाई कसुरअनुसार सार्वजनिक हित, स्वास्थ्य, सुविधा, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको, रोग संक्रमण ऐन–२०२० अनुसार आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जरिवाना गराइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .