ad ad

राजनीति


भारतले सीमा मुद्दा जटिल बनाउँदैन भन्ने विश्वास छः चीन

भारतले सीमा मुद्दा जटिल बनाउँदैन भन्ने विश्वास छः चीन

नेपालखबर
साउन २९, २०७७ बिहिबार ६:५४,

भारतस्थित चिनियाँ दूतावासका प्रवक्ताले बुधबार ट्वीटमा ‘भारतले सीमा मुद्दा जटिल बनाउँदैन भन्नेमा चीनलाई विश्वास’ रहेको बताएका छन्।

प्रवक्ता जि रोङले भनेका छन्,‘चीनको यो विश्वास छ कि भारत सीमा अवस्था जटिल बनाउने कुनैपनि कार्यबाट टाढा रहनेछ र यसले सीमा क्षेत्रहरुमा शान्ति र स्थायित्व कायम गर्न र द्विपक्षीय सम्बन्धको स्वस्थ विकासका लागि अनुकूल परिस्थिति सिर्जना गर्नेछ।’

भारतीय स्रोतहरुले चीन र भारतबीच सीमा क्षेत्रमा विवाद लामो समय जारी रहने विश्लेषण गरेपछि चीनको पछिल्लो प्रतिक्रिया आएको हो।

हाल चीन र भारतका सेना तथा कुटनीतिक सन्जालबाट विवाद साम्य गर्ने हिसाबले वार्ता जारी छ।

गत जुन १५ मा विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाका मृत्यु भएको थियो।

त्यसयता भारत र चीनबीचको भूराजनीतिक विवाद चर्कँदै गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .