केही दिनयता सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। छापावाल सुन आज फेरि २४ सय रुपैयाँ प्रतितोला दरमा बढेको छ।
बुधबार १ लाख १ हजार ८ सय प्रतितोलाबाट ह्वात्तै घटेर ९५ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बिहीबार फेरि उक्त दरमा बढेर ९७ हजार ८ सय रुपैयाँ पुगेको हो।
बिहीबार तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि आज ८५ रुपैयाँले बढेको हो। नयाँ बजेट भाषणपछि बढ्नथालेको सुनको भाउ साउनयता उच्च दरमा बढिरहेको छ। साउन २३ मा सुनको मूल्यले कीर्तिमान कायम गरेको थियो।
उक्त दिन १ लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। साउनमा लगातार ६ दिनसम्म सुनको मूल्य १ लाख माथि रहेकोमा बुधबार ह्वात्तै घटेर ९५ हजार ४ सयमा झरेको थियो तर त्यसको भोलिपल्टै आज बिहीबार पुनः २४ सय रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य आकाशिएको छ। अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔँस १९ सय २९ अमेरिकी डलर पुगेको छ।
प्रतिक्रिया