समाज


आजबाट देशभर ‘सवारी पास’ बन्द

आजबाट देशभर ‘सवारी पास’ बन्द

नेपालखबर
साउन २९, २०७७ बिहिबार १:३२,

आज (बिहीबार) बाट देशभर अनिश्चितकाल (अर्काे व्यवस्था नभएसम्म) का लागि ‘सवारी पास’ बन्द गरिएको छ।

कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएकाे ‘सवारी पास’ आज (बिहीबार) बाट नदिन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएकाे हाे।

अर्काे व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ।

यो निर्णयसँगै अब एक जिल्लाबाट अर्काे जिल्लामा गाडीमार्फत जान पाइने छैन। काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) लाई भने सरकारले यसअघिदेखि नै एक जिल्ला मानेको छ।

हेर्नुहोस्, मन्त्रालयले गरेको परिपत्र :

sawari pass 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad