कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ बाट सशस्त्र प्रहरी टोलीले २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले उक्त रुपैयाँ बरामद गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छाडी भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय थान भारतीय रुपैयाँ फेला परेको हो।

प्रतिक्रिया