कारोबार


सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा २ करोड ६७ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा २ करोड ६७ लाख सहयोग

नेपालखबर
साउन २८, २०७७ बुधबार १४:५,

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कोषमा दुई करोड ६७ लाख २७ हजार नौ सय २९ रुपैयाँ सहयोग गरेको छ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोग गर्ने बताए।

यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी रु ७६ लाख २४ हजार ६ सय २० सहयोग प्रदान गरिसकेको छ। यसरी कोरोनाभाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल रु तीन करोड ४३ लाख ५२ हजार पाँच सय ४९ सहयोग प्रदान गरेका छ। यसरी प्रदान गरिएको रकमबाट कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचारका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ।

हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसँगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .