सव डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।
सव डिभिजन वन कार्यालयका प्रमुख यादवसमेतले सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस/रिसवत लिएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव– डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा बुझाएका ती कर्मचारीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया