कैलालीको एक प्रहरी चौकीमा थुनुवाको मृत्यु भएको छ। सीमा प्रहरी चौकी बहुलियामा धनगढी उपमहानगरपालिका १४ का करिव ४५ वर्षीय अम्मर बहादुर चन्दको मृत्यु भएको हो।
चन्दले रक्सी खाएर बन्चरो लिएर गाउँमा डुल्दै आतंक मच्चाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनलाई प्रहरीले मंगलबार बिहान ३ बजेतिर पक्राउ गरेको थियो।
प्रहरीचौकीको हिरासतमा राखिएका चन्दले १ बजेतिर शौचालय जान्छु भनेको र शौचालयमा लडेर घाइते भएको प्रहरीको भनाई छ। उनको घाँटीमा प्वाल परेको अवस्थामा फेला पारेको र उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।
अस्पतालले १ः४५ बजे उनलाई मृत घोषणा गरेको थियो। घटनाको अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी अनुपमसिंह जबराले बताए। उक्त प्रहरीचौकी जिल्ला प्रहरी कार्यालयबाट १६ किलोमिटर पूर्वमा पर्छ।

प्रतिक्रिया