भारतीय वायु सेनालाई सहयोग गर्न भन्दै दुईवटा एचएएल लाइट कमब्याट हेलिकप्टर लद्दाखमा चीनसँगको सीमा नजिक तैनाथ गरिएको हिन्दुस्टान टाइम्सले उल्लेख गरेको छ।
हिन्दुस्तान एरोनटिक्स लिमिटेड एचएएलले निर्माण गरेको यस हेलिकप्टर अन्यभन्दा कम तौलको छ। तर यसले युद्धका बहु–भूमिका निर्वाह गर्नसक्छ।
यसबाट ७० एमएमका रकेट, बम र गोली प्रहार गर्न सकिन्छ र यसले उचाइमा पुगेर मार हान्नसक्छ।
एचएएलले यसवर्ष १५ वटा लाइट कमब्याट हेलिकप्टर बनाउँदैछ। जसमध्ये १० वटा भारतीय सेनाको लागि निर्माण गरिनेछ।
चीनसँग सीमा विवाद जारी रहँदा भारतले सीमा नजिक सेना र हतियारहरु बढाउँदै तैनाथ गर्न थालेको छ। एजेन्सी

प्रतिक्रिया