समाज


बालाजु–बाइपास कालोपत्रे गर्न माग गर्दै स्थानीय आन्दोलित

बालाजु–बाइपास कालोपत्रे गर्न माग गर्दै स्थानीय आन्दोलित

नेपालखबर
साउन २७, २०७७ मंगलबार ७:५२,

हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय आन्दोलित भएका छन्।

बालाजु–बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन्।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको थियो। सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो।

स्थानीय पुष्प महर्जनले हिलाम्य सडकमा विगत ७ वर्षदेखि यात्रा गर्नुपरेको उल्लेख गर्दै सरकारलाई चाँडो बाटो कालोपत्रे गर्न माग गर्दै प्रदर्शन गरिएको बताए।

अर्का स्थानीय वीरेन्द्र बहादुर वन्तले सुरुमा सडक विस्तारका लागि एकजुट भएका स्थानीयहरु अहिले कालोपत्रेका लागि एकजुट भएर सरकारलाई माग गरिरहेको बताए। केही घर टहराहरुका कारण समस्या देखिएको उनले बताए। एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ। तर, ती टहरामा बसीरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानिय सडक निर्माणका लागि आन्दोलनमा उत्रिनु परेको उनले बताए।

स्थानीय विश्वराम सापकोटाले निर्वाचित जनप्रतिनिधि आउनुभन्दा पहिलेदेखिको समस्या भए पनि आज जनप्रतिनिधि निर्वाचित भएर आए पनि समस्या उस्तै रहेको बताए।

 बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन्। आफुहरुको समस्या समाधानका लागि सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएकाले आफुहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ। सरकारले सार्वजनिक जग्गा र त्यसमा बनेका अस्थायी संरचना हटाइसकेको छ।

बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि घटेको छ। ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई विस्थापन गराउनका लागि स्थानियले पटक पटक माग गर्दै आइरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad