खेल


राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियलसहित ५४ जनाको स्वाब संकलन

राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियलसहित ५४ जनाको स्वाब संकलन

नेपालखबर
साउन २७, २०७७ मंगलबार ७:५४,

कतारमा हुने फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेका राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

दोस्रो चरणमा आज मंगलबार होम क्वारेन्टिनमा बसेका खेलाडीसहित अफिसियलको स्वाब संकलन गरिएको हो। पहिलो र दोस्रो चरणमा गरी कुल ५४ जनाको स्वाब संकलन गरिएको एन्फाले जनाएको छ।

पहिलो चरणमा सोमबार ११ खेलाडी, प्रशिक्षक र अफिसियल गरी २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

ललितपुरको पाटन अस्पतालमा मगंलबार तेज तामाङ, विकेश कुथु, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, विक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिशेक रिजाल, सुवास तामाङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्जप्रिन्स कार्की र सुजल श्रेष्ठको स्वाब संकलन गरिएको छ।

pcr kheladi3

अफिसियलमा टिम म्यानेजर मधुसुदन उपाध्याय, कृष्णभक्त मानन्धर, गोलकिपर प्रशिक्षक विकास मल्ल, मिडिया विवेक सुवेदी, युजल श्रेष्ठ र डाक्टर राजु डंगोलको स्वाब लिइएको छ।

सोमबार रञ्जित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको हो। यस्तै प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविश्कार पुडासैनीको स्वाब संकलन गरिएको थियो।

pcr kheladi4

विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा होम म्याच खेल्न बाँकी छ। नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ। त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ।
कात्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ।

pcr kheladi5

विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो। नेपालले एक मात्र खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए। ५ राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।

pcr kheladi6

याे पनि :
खेलाडीको कोरोना परीक्षणका लागि यसरी गरियो स्वाब संकलन (फोटोफिचर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad