अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५० लाख नाघेको छ। यद्यपि वास्तविक संख्या त्योभन्दा धेरै हुनसक्ने विज्ञहरुले बताएका छन्।
विश्वका कुल संक्रमितमध्ये एक चौथाइ हिस्सा अमेरिकाको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिका १ लाख ६२ हजार जनाको ज्यान गएको छ।
अमेरिकामा संक्रमण निरन्तर फैलिरहेको छ। सरकारी अधिकारीहरुले नागरिकलाई मास्क लगाउन र भीडभाडमा नजान आग्रह गरेका छन्।
अमेरिकाका सबैभन्दा धेरै प्रभावित राज्यहरुमा क्यालिफोर्निया, फ्लोरिडा, टेक्सस, न्युयोर्क र जर्जिया छन्।
उता ब्राजिलमा पनि कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १ लाख नाघेको छ। पहिलो संक्रमित भेटिएको ५ महिनामा ब्राजिलमा संक्रमितको संख्या ३० लाख नाघेको छ। एजेन्सी

प्रतिक्रिया