कारोबार


नेपाल र बंगलादेशले साझा विषयमा सहकार्य गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

नेपाल र बंगलादेशले साझा विषयमा सहकार्य गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ११:२,

नेपाल र बंगलादेश अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य गर्नुपर्ने अर्थमन्त्री डा. यवराज खतिवडाले बताएका छन्।

अर्थमन्त्री खतिवडा र नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सबीच आज भेट भएको हो।

सो क्रममा नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै खतिवडाले अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए।

आफ्नो ७ वर्षे कार्यकाल पूरा गरी बंगलादेश फर्किन लागेकी मास्फी बिन्ते साम्सले अर्थमन्त्रीसँग विदाइ भेट गरेकी हुन्।

भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेशबीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, ऊर्जा र लगानीका विविध आयाममा दुवै देशबीच सहकार्य भइरहेको धारणा व्यक्त गरे। उनले दुवै देश प्राकृतिक, मानव संसाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने विचार व्यक्त गरे।

अर्थमन्त्री खतिवडाले उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गरे। उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताए।

अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयहरुलाई आत्मसात् गरी आर्थिक विकासको गति अघि बढाईरहेको जानकारी दिए। लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोवाइल बैंकिङको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्नु हुदै अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad