कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।
पाटन अस्पतालमा उपचाररत् दुई संक्रमितको शुक्रबार मृत्यु भएको हो।
रुपन्देही सुनौलीकी ४१ वर्षीय महिला र सर्लाहीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पाटन अस्पतालका प्रवक्ता प्रा.डा. विष्णुप्रसाद शर्माले नेपालखबरसँग भने।
उनका अनुसार मृत्यु हुने महिला पाठेघरको क्यान्सरकी बिरामी र पुरुषलाई ६ महिनापहिले कुकुरले टोकेका कारण बिरामी थिए।

प्रतिक्रिया