कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ।
शुक्रबार विराटनगर महानगरपालिका वडा. नं. ९का ५८ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको हो।
ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार बिहान पौने १० बजे कोसी अस्पताल लगिएको थियो। अस्पताल लगेको केही बेरमै उनलाई चिकित्सकले मृत घोषित गरेका कोसी अस्पतलाका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए।
डा. यादवका अनुसार मृत्युपछि उनको नमूना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया