समाज


बाहिरबाट ताला लगाएको गाउँपालिका कार्यालयभित्र राति ४ कर्मचारी परिवारका सदस्यसहित भेटिएपछि...

बाहिरबाट ताला लगाएको गाउँपालिका कार्यालयभित्र राति ४ कर्मचारी परिवारका सदस्यसहित भेटिएपछि...

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ५:३४,

रुकुम पश्चिममा सरकारी रकम आफ्ना श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन्।

त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन पक्राउ परेका हुन्।

बाहिरबाट ताला लगाई अनावश्यक रूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनीहरूलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ।

लेखापाल केसीले गत वर्ष २०७६/७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए। विभिन्न शीर्षकमा अनधिकृत रूपमा उनीहरूको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरूले गाउँपालिकाकै खातामा जम्मा गरेका थिए।

उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरू पक्राउ परेका हुन्। बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो।

अहिले जिल्ला प्रशासन कार्यालयले छानबिन थालेको छ। रातको समयमा काम गरिरहेको खबर आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए।

रातको समयमा कार्यालय जानुका कारण खोजी भइरहेको उनले बताए।

‘कार्यालय समय १०-५ हो, तर राति पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौं,’ उनले भने, ‘कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य देखिन्छ, अनुसन्धान भइरहेको छ।’

अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र दिउँसो थप अनुसन्धान गरिने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad