समाज


प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ८५ पुग्यो

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ८५ पुग्यो

नेपालखबर
साउन २२, २०७७ बिहिबार १०:०,

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

बिहीबार १३ जना थपिएसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

मूख्यालयमा साउन ११ गते पहिलो पटक ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको पनि परीक्षण गर्दै जाँदा थप संक्रमित पुष्टि भएको हो।

संक्रमण देखिएका प्रहरीको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ। बिहीबार नै नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad