खेल


विश्वकप छनोट खेल्ने खेलाडीका लागि कार्यविधि तयार

विश्वकप छनोट खेल्ने खेलाडीका लागि कार्यविधि तयार

नेपालखबर
साउन २२, २०७७ बिहिबार १०:११,

अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलका लागि बन्द सत्रमा रहेका खेलाडीका लागि कार्यविधि तयार गरेकोे छ। एन्फाले फिफा कै कार्यविधिलाई अवलम्बन गर्दै खेलाडीलाई बन्दसत्रमा राख्नेछ। कार्यविधिका अनुसार खेलाडीले कपडा र अन्य सामाग्री आफैँ सफा गर्नुपर्नेछ।

कार्यविधिमा अभ्यासअघि र पछि ड्रेसिङ रुममा समय कम बिताउने, खेलाडी र कर्मचारीलाई रोगको लक्षणबारे जानकारी गराउने, अभ्यासमा जानुअघि तापक्रम जाँच गर्ने, सम्भव भएसम्म हरेक कोठामा ह्यान्ड स्यानिटाइजर राख्ने र दर्शकबिना अभ्यास गर्ने उल्लेख छ।

अभ्यास सकिएपछि आफूलाई हल्का निर्मलिकरण गर्ने, टिमको मिटिङ ठूलो ठाउँ भएको ठाउँमा गर्ने, सम्भव भएसम्म सँगै बसेर खाना नखाने, आफ्नो पानी पिउने बोतल अरुलाई प्रयोग गर्न नदिने, चेन्जिङ रुम, सावर, फिटनेस रुममा सानो समूहमा जाने तथा आफूले फिटनेस अभ्यास सकेपछि स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ।

छनोट अन्तर्गत बन्द प्रशिक्षणका लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले ए डिभिजन लिग खेलेका खेलाडीबाट ३३ जना खेलाडीलाई बोलाएका छन्। उपत्यकामा रहेका खेलाडीहरु सेल्फ क्वारेन्टिन र अन्य जिल्लाका खेलाडीहरु होटलमा बसेका छन्।

अहिले एन्फाको होस्टललाई ललितपुर महानगरपालिकाले होल्डिङ सेन्टरको रुपमा प्रयोग गरेको थियो। होस्टललाई अहिले स्यानिटाइज गर्ने काम भैरहेको छ। स्यानिटाइज गरेपछि होस्टलमा भदौ १ गतेदेखि खेलाडी राखिनेछ।

विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा होम म्याच खेल्न बाँकी छ। नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेइसँग खेल्दैछ। त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ। कार्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad