एनसीसी बैंकले वर्तमान प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याललाई दोस्रो कार्यकालका लागि पुनः जिम्मेवारी दिएको छ।
बैंकको यही १९ गते बसेको ८०२औँ सञ्चालक समिति बैठकले अर्याललाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो।
यससम्बन्धी जानकारी बैंकले नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिएको छ। अर्यालको दोस्रो कार्यकाल आगामी असोज १ गतेबाट लागू हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए।
बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया