ad ad

समाज


बेइरुत बिस्फोटन अपडेटः मृतकको संख्या सय पुग्यो, चार हजारभन्दा बढी घाइते

बेइरुत बिस्फोटन अपडेटः मृतकको संख्या सय पुग्यो, चार हजारभन्दा बढी घाइते

नेपालखबर
साउन २१, २०७७ बुधबार ६:५५,

राजधानी बेइरुतमा भएको यस विस्फोटनमा परी चार हजारभन्दा बढी मानिस घाइते भएका थिए।

विस्फोटनको आवाज करिब २ सय ४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ।

गोदाममा ६ वर्षदेखि असुरक्षित रुपमा राखिएको विस्फोटक पदार्थका कारण यस घटना घटेको बताइको छ।

यस घटनाको भिडियो र फोटोहरु सार्वजनिक भएको छ। भिडियोमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिएको छ।

लेबननका राष्ट्रपति मिसेल आउनले ट्वीट गर्दै २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन्।

अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो।

Beirut blast: Lebanon in mourning after massive explosion - BBC News

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ।

हाल अस्पतालहरू घाइतेले भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।

यस्तै प्रधानमन्त्री हासान डियाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्।

यस घटनाबारे ब्रिटेन र फ्रान्स सहित विभिन्न देशहरूले लेबननलाई आवश्यक सहयोग गर्ने बताएका छन्। एजेन्सी

Beirut Explosion: Cause, Video - The Physics of Mushroom Clouds

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .