कोरोनाका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ।
बुधबार वीरगन्ज महानगरापलिका–१५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले जनाकारी दिए।
ती पुरुष मधुमेहका रोगी रहेको र पछिल्लो समय ज्वरो र खोकी देखिएको थियो।
उनको १८ गते स्वाब संकलन गरिएको र १९ कोरोना पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार वीरगन्ज अस्थायी कोभिड अस्पतालमा भनाइ गरिएको थियो। उनको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए।
योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ भने वीरगन्जमामात्रै ८ जनाको ज्यान गएको छ।
प्रतिक्रिया