समाज


धनगढी विष्फोटको जिम्मा विप्लव नेकपाले लियो, मृत्यु हुने सिंह नेकपाकै कार्यकर्ता

धनगढी विष्फोटको जिम्मा विप्लव नेकपाले लियो, मृत्यु हुने सिंह नेकपाकै कार्यकर्ता

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ७:१७,

कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ भएको बम विस्फोटको घटनाको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले लिएको छ।

एक जनाको मृत्यु र चार जना घाइते भएको सो घटनाको जिम्मा विप्लव नेकपाले लिएको हो।

शुक्रबार नेकपाको सेती महाकाली एक विज्ञप्ति प्रकाशित गर्दै पार्टी कार्यकर्ताले आत्मसुरक्षाका लागि बोकेको बम विष्फोट भएको बताएको छ।

सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिका भनिएको छ, ‘हिजो साँझ घनगढी उपमहानगरपालिका सहिद गेट नजिकै पार्टी कामको सिलसलामा आत्म सुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा शाहदत प्राप्त गर्नुहुने रामबहादुर सिंह क राजेशलाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ।’ विज्ञप्तिमा मृतक सिंहका परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै घटनामा सर्वसाधरण नागरिक पर्न गएकोमा दुःख व्यक्त गरिएको छ।

विज्ञप्तिमा सो विष्फोटमा परी घाइते हुनेहरुको उपचार खर्च पार्टीले व्योहोर्ने भन्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल र डाक्टरहरुसँग अनुरोध समेत गरिएको छ। ‘घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रविद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन विनम्र अनुरोध गर्दछौँ।

घटना हुनेको मुख्य कारण दलाल संसदीय व्यवस्था भएको भन्दै नेकपाले घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताएको छ।

बिहीबार साँझ भएको विष्फोटमा परी नेकपाका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु भएको छ भने अर्का कार्यकर्ता लक्ष्मण सेराला गम्भीर घाइते भएका छन्। उनको अझै होस खुल्न सकेको छैन।

 विस्फोटमा परी घाइते हुने अन्यमा होटल सञ्चालक धनगढी-४, बोराडाडीका केशवराज पाण्डे, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव छन्।

उनीहरूको स्थानीय मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको प्रहरीले जनाएको छ।

biplav bigyapti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad