ad ad

समाज


कोरोनाविरुद्ध अमेरिकाले ‘धेरै राम्रो’ काम गरिरहेको छ, भारतमा समस्या छः ट्रम्प

कोरोनाविरुद्ध अमेरिकाले ‘धेरै राम्रो’ काम गरिरहेको छ, भारतमा समस्या छः ट्रम्प

नेपालखबर
साउन २०, २०७७ मंगलबार ७:७,

ठूलो जनसंख्या भएको देशमध्ये अमेरिकाले कोरोना नियन्त्रण गर्नमा राम्रो काम गरेको ट्रम्पको भनाइ छ। सो क्रममा ट्रम्पले भारतमा भने ‘ठूलो समस्या’ देखिएको जिकिर गरे।

हाल अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र हो। अमेरिकामा हालसम्म ४८ लाख ६२ हजारमा कोरोना पुष्टि भएको छ।

संक्रमितमध्ये १ लाख ५८ हजारको मृत्यु भइसकेको छ भने २४ लाख ४७ हजार उपचारपछि स्वस्थ बनेका छन्।

ट्रम्पले अन्य देशमा भन्दा बढी परीक्षण अमेरिकामा भएकाले मात्र त्यहाँ धेरै संक्रमित देखिएको दाबी गर्दै आएका छन्।

यस्तै पछिल्लो समय भारतमा दैनिक ५० हजारको संख्याका कोरोना संक्रमित थपिँदै गएको छ।

कोरोनाले सबैभन्दा प्रभावित राष्ट्रको तेस्रो स्थानमा रहेको भारतमा १८ लाख ५५ हजारमा कोरोना पुष्टि भएको छ। गएको २४ घण्टामा मात्र भारतमा ५२ हजार संक्रमित थपिए।

सो क्रममा ट्रम्पले चीनमा पछिल्लो समय कोरोना संक्रमित तीव्र रुपमा बढ्दै गएको पनि बताए। गएको २४ घण्टामा चीनमा ३६ संक्रमित पुष्टि भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .