गएको २४ घण्टामा कोरोना संक्रमणका कारण अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैले ज्यान गुमाएका छन्। संक्रमित हुनेको संख्या पनि विश्वका अन्य देश भन्दा भारतमा धेरै छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा आठ सय १० जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ।
यसबीचमा ब्राजिलमा पाँच सय ७२ र अमेरिकामा पाँच सय ४६ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ४८ हजार र ब्राजिलमा भण्डै १८ हजारमा संक्रमण पुष्टि भएको छ।
यस बीचमा विश्वभर चार हजार तीन सय ४४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने भण्डै दुई लाख नयाँ संक्रमित फेला परेका छन्।
भारतमा अहिलेसम्म संक्रमणको कारण ३८ हजार नौ सय ७१ जनाले ज्यान गुमाएका छन्। विश्वमा भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार नाघेको छ।

प्रतिक्रिया