ad ad

समाज


भैँसी पाल्ने किसानलाई एक लाख अनुदान

भैँसी पाल्ने किसानलाई एक लाख अनुदान

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ४:५८,

चितवनको इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान वितरण गरेको छ।

बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही एक लाखका दरले चेक हस्तान्तरण गरेकी हुन्।

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताइन्।

किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदान बितरण गरिएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी गाउँपालिकाले व्यावसायिक तरकारी तथा फलफूल खेती गर्ने आठ युवा किसानलाई जनही एक लाखका दरले अनुदान प्रदान गरेको छ।

गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० किसानलाई जनही २५ हजार, व्याड बोकाका लागि २० पकािनलाई जनही ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको छ।

तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिइएको अध्यक्ष गुरुङले बताइन्।

युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन्।

अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित हुँदै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .