सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिका–२ स्थित स्वास्थ्यचौकीको सेफ्टि ट्याङ्की फुटेर घर पुर्दा दुई जनाको मृत्यु भएको छ।
आइतबार राति आएको घर पुरिँदा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी सिलवालको मृत्यु भएको स्थानीय गंगा चापागाईले जानकारी दिइन्। स्वास्थ्यचौकीको सेफ्टी ट्याङ्की फुटेर पहिरो गएको र सोही पहिरोले घर पुरेको हो।
उनीहरुका दुई जना छोराछोरी भने काठमाडौंमा छन्। गाउँमै भएकी छोरी पनि आइतबार राति आफन्तकहाँ गएकी थिइन्।
यसैबीच, सिन्धुपाल्चोककै, मेलम्ची नगरपालिका–११ गैराबगरमा सोमबार बिहान पहिरो जाँदा निर्माणाधीन कभर्डहलमा काम गर्ने २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा पर्सा घर भएका ३५ वर्षीय प्रदिप चौरासिया र २१ वर्षीय राजेश चौधरी रहेका छन्। उक्त स्थानमा श्रमिक बस्ने जस्ताले छाएको टहरो आधा भाग पुरिएको खबरपछि इलाका प्रहरी कार्यालय मेलम्ची, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले
घटनास्थलबाट उनीहरुको शव फेला परेको हो।
साथै पहिरोमा परेर घाइते भएका भारत घर भएका ३५ वर्षीय बारु साहलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची हुँदै थप उपचारको लागि धुलिखेल अस्पतालत पठाएको छ।
प्रतिक्रिया