कोरोना नियन्त्रण गर्न पहिलोपटक हङकङ आइपुगे चिनियाँ विज्ञको टोली

कोरोना नियन्त्रण गर्न पहिलोपटक हङकङ आइपुगे चिनियाँ विज्ञको टोली

नेपालखबर
साउन १९, २०७७ सोमबार ७:४५,

६० स्वास्थ्यकर्मीको टोली हङकङ आउनेछन्। तीमध्ये पहिलो खेपमा ७ जना हङकङ आइपुगेको बीबीसीले जनाएको छ। यिनीहरुले हङकङमा कोरोना नियन्त्रण गर्न सहयोग पुर्याउनेछन्।

मुख्यक्षेत्र चीनले हङकङलाई कोरोना नियन्त्रण गर्न पहिलोपटक सहयोग गर्न लागेको हो।

कोरोनाको उद्गमस्थल वुहानमा कोरोना भाइरस नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेका ६ विज्ञको टोली पनि हङकङ आउँदै छन्। यिनीहरुले हङकङका अधिकारीहरुसँग मिलेर अनुसन्धान गर्ने जनाइएको छ।

गतहप्ता मात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले शहरमा कोरोना संक्रमित अत्यधिक बढ्न थालेपछि मुख्यक्षेत्र चीनको सहयोग मागेको बताएकी थिइन्।

लामले कोरोनाको तेस्रो लहरले शहरको स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने चेतावनी पनि दिएकी थिइन्। वुहानका विज्ञहरुसँग युद्धस्तरमा अस्पताल निर्माण गर्ने अनुभव भएको बताइएको छ।

हङकङमा पनि कोरोनाका अस्थायी अस्पतालहरु निर्माण गरिनेछ। शनिबार मात्र हङकङमा ५ सय शय्याको पहिलो अस्थायी कोरोना अस्पताल खुला गरिएको थियो।

हङकङमा हालसम्म ३५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये २७ को मृत्युहुँदा १७ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

केही समय अगाडि संक्रमण शुन्यमा झरेको हङकङको अवस्था यतिबेला गम्भीर चरणमा प्रवेश गरेको छ। पछिल्लो समय हङकङमा दैनिक सयभन्दा बढी कोरोना संक्रमित बन्न थालेका छन्।

त्यसकारण यहाँ खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ। यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .