समाज


भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण

नेपालखबर
साउन १८, २०७७ आइतबार ११:२६,

शाहले ट्वीटमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन्।

उनले आफू अस्पतालमा भर्ना भएको पनि बताएका छन्।

शाहले ट्वीटमा आफूसँग केही दिनयता सम्पर्कमा रहेका सबै मानिसलाई आइसोलेट गर्न र कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा रहेको भारतमा हालसम्म १७ लाख ५७ हजार ३९३ मा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमिमध्ये यहाँ ३७ हजार ४५२ को मृत्यु भइसक्दा ११ लाख ४९ हजार उपचारपछि स्वस्थ बनेका छन्।

लकडाउन खुकुलो बनाइएसँगै भारत पछिल्लो समय कोरोनाको केन्द्र बनेको छ। यहाँ पछिल्लो समय ४० हजारभन्दा बढी संक्रमित दैनिक बढ्दै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad