सरकारबाट मान्यता लिएर कोभिड १९ (कोरोना भाइरस) परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्ट प्रालिले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ।
पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो।
ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि ट्राफिक महाशाखा सिल भएको थियो। ट्रफिक महाशाखा अन्तरगत अहिले १ हजार ४ सय ६८ प्रहरी कार्यरत छन्।
म्यानेजमेन्टले काठमाडौंको थापाथलीमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको हो। ट्राफिक प्रहरी प्रवक्ता बामदेव गौतमले थापाथलीमा कार्यरत ५० जनाको स्वाब लिइएको बताए।
म्यानेजमेन्टका अनुसार उनीहरुको रिपोर्ट ४ घन्टामा नै दिइनेगरी तयारी गरिएको छ।
विध म्यानेजमेन्टले अब ४ हजारमै आरटी पीसीआर परीक्षण गरिरहेको छ।

प्रतिक्रिया