ad ad

समाज


गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, १२ सय ४५ निको भए

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, १२ सय ४५ निको भए

नेपालखबर
साउन १८, २०७७ आइतबार ७:३९,

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय नाघेको छ।

आइतबार थप २० जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५०५ पुगेको हो।

 क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा आइतबार गण्डकी प्रदेशमा २० नयाँ संक्रमित थपिएका हुन्।

 आइतबार थपिएका संक्रमितका स्याङ्जाका ८, कास्कीका ६, लमजुङका ३, तनहुँका २ बागलुण्का १ जना रहेका छन्।

 सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

यस्तै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको उनले जानकारी दिए।

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .