ad ad

समाज


दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिम प्रदेश सांसदलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिम प्रदेश सांसदलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

नेपालखबर
साउन १७, २०७७ शनिबार १७:१,

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापालाई शनिबार राति थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

टाउकोमा गम्भीर चोट लागेकी थापालाई धनगढीमा थप उपचार हुन नसकेपछि सेनाको हेलिकोप्टरमार्फत राति १० बजे काठमाडौं ल्याइएको हो।

धनगढी उपमहानगरपालिकाको वडानम्बर ८ स्थित बुद्धचोकमा उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनको टाउकोमा चोट लागेको र ठक्कर दिने मोटरसाइकल प्रहार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। 

उनको अहिले धनगढीस्थित मायाँ मेट्रो अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेकाले उनलाई काठमाडौं लैजाने तयारी भएको छ। अछाम घर भएकी थापा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन्।

उनको दुर्घटना भए लगत्तै अवस्था बुझ्न अस्पतालमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा लगायत अन्य प्रदेशसभाका सदस्य पुगेका छन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .