समाज


आज मध्य र पूर्वी पहाडमा बाढीपहिरोको सम्भावना छ : मौसमविद्

आज मध्य र पूर्वी पहाडमा बाढीपहिरोको सम्भावना छ : मौसमविद्

नेपालखबर
साउन ३, २०७६ शुक्रबार १:१,

मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका मध्य र पूर्वी पहाडमा बाढीपहिरोको सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्रबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले उक्त क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको विपद् आउन सक्ने उल्लेख गरेकाे छ।

महाशाखाले भनेकाे छ- देशका मध्य र पूर्वी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जानसक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हिजो/अस्तीको तुलनामा आज मध्य र पूर्वी क्षेत्रमा मनसुनी गतिविधि केही सक्रिय हुने भएको हो। ‘उक्त क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ उनले भने, ‘त्यसैले हामीले २४ घण्टे चेतावनी प्रकाशन गरेका हौं।’

उनका अनुसार पहिलजस्तो लगातार झरी नपरे पनि बदली र वर्षा केही बढ्ने सम्भावना छ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुुसार अहिले पूर्वी र मध्य क्षेत्रका थोरै र पश्चिम क्षेत्रका एक/दुई स्थान मा वर्षा भइरहेकाे छ। 

काठमाडौं उपत्यकामा पनि बिहानै वर्षा भएकाे छ। तर काठमाडौंमा कुनै ठाउँमा पानी परेको छ भने नजिकै अर्काे स्थानमा परेको छैन।

महाशाखाका अनुसार अहिले देशका पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णसम्म तथा पश्चिम क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली छ। 

महाशाखाका अनुसरा मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अर्थात् भारतमा अवस्थित छ जसका कारण अहिले देशभर मनसुनी गतिविधि कम सक्रिय छ।

तर एक/दुई दिनभित्र त्यो रेखा पुनः नेपाल भित्रिने सम्भावना रहेको मौसविद् कँडेलको भनाइ छ।

‘अहिले न्यून चापीय रेखा नेपालको दक्षिण (भारत) मा छ,’ मौसमविद् कँडेलले भनिन्, ‘अब १/२ दिनमा पुनः सिफ्ट (नेपाल भित्रिने) सम्भावना देखिन्छ।’
उक्त रेखा भित्रिएपछि पुनः ठूलो वर्षा हुने मौसमविद्को अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad