समाज


धनगढी विस्फोट अपडेट : घाइते ५ मध्ये एकजनाको मृत्यु

धनगढी विस्फोट अपडेट : घाइते ५ मध्ये एकजनाको मृत्यु

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ०:२३,

कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ शक्तिशााली विस्फोट हुँदा घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ।

विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

धनगढीको सहिद गेट रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट भएकाे थियाे। 

विस्फोटमा परी घाइते हुने अन्य ४ जनामा होटल सञ्चालक धनगढी-४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी-५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव छन्। 

उनीहरूको उपचार माया मेट्रो अस्पतालमा जारी छ।

विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको प्रहरीले जनाएकाे छ। 

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताए।

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

यसअघि ग्यास सिलिण्डर विस्फोट भएको भनिए पनि त्यो नभएर ठूलै बम विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले आशंका गरे पनि उसले आफ्नाे संलग्नता नरहेको बताएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad