कामना सेवा विकास बैंक लिमिटेड र आइएमइ मोटर्स प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ।
यस सम्झौता अनुसार आइएमइ मोटर्स प्रा. लि. मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेल्याण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्। सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्स प्रा. लि. को तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका थिए।
काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९४ वटा शाखा तथा ४५ वटा एटीएम ब्त्ः मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।
3
Shares

प्रतिक्रिया