ad ad

समाज


आज राति यी स्थानमा ठूलो वर्षाकाे सम्भावना, बाढीपहिराेबाट सतर्क रहन सुझाव

आज राति यी स्थानमा ठूलो वर्षाकाे सम्भावना, बाढीपहिराेबाट सतर्क रहन सुझाव

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १४:३३,

आज (शुक्रबार) राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, प्रदेश २, सुदूरपश्चिम र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार दिउँसैदेखि देशका कतिपय स्थानमा वर्षा भइरहेको छ।

शनिबार बिहान ६ बजेसम्मका लागि २४ घण्टे चेतावनी दिँदै महाशाखाले वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

यसैगरी भोलि दिउँसो पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम र प्रदेश १, २, गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .