ad ad

राजनीति


‘त्रि-चन्द्र कलेज स्थानान्तरण गर्ने हल्ला गलत’

‘त्रि-चन्द्र कलेज स्थानान्तरण गर्ने हल्ला गलत’

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १४:३३,

नेपालको पहिलो कलेज त्रि-चन्द्र क्याम्पसले अहिले रहेको स्थानबाट स्थानान्तरण गरिने हल्ला गलत भएको स्पष्ट पारेको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी राजधानीकाे घण्टाघरमा रहेकाे साे कलेजले ‘त्रि–चन्द्र स्थानान्तरण सम्बन्धी हालै बाहिरिएका समाचारहरु गलत एवं भ्रामक भएको, र यस सम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रि-चन्द्र क्याम्पसको तर्फबाट नगरिएको’ जनाएको छ।

कलेजले एक सय वर्ष भन्दा बढी पुरानो ऐतिहासिक पुरातात्विक एवं शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षा कोठा २०७२ सालको भूकम्पले केही पूर्ण र केही आंशिक क्षति भएको जनाउँदै पुनर्निर्माणका लागि सम्बन्धित नियकायसँग पटक–पटक आग्रह गरेपनि सुनुवाई नभएको गुनासो गरेको छ।

यस्तै, क्ष्ति भएका भवनहरुमै पठनपाठन गर्नुपर्ने बाध्यताक कारण भवनहरु पुनर्निर्माण गर्न कलेजले सम्बन्धित निकायमा पूनः ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .